इन्टरनेट सेवा प्रदायकलाई किन दियो प्राधिकरणले कारबाहीको चेतावनी
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटसहितका दूरसञ्चार सेवा दिने प्रदायकहरुलाई कारबाहीको चेतावनी दिएको छ ।
इन्टरनेट सेवा बाहेक अन्य सेवाहरु सञ्चालन गर्ने क्रममा इन्टरसेट सेवा, आईपीटीभी सेवा र अप्टिकल नेटवर्क युनिट तथा राउटरहरुका प्याकेज बनाइ केही सेवा निःशुल्क समेत प्रदान गर्नेगरी बण्डलिङ गरी प्रचार प्रसार गरेको पाइएको भन्दै प्राधिकरणले कारबाहीको चेतावनी दिएको हो ।
प्राधिकरणले शुक्रबार जारी गरेको सूचनामा यसले स्वच्छ बजार प्रतिस्पर्धामा गम्भीर असर पुग्ने र जसका कारणबाट क्रस सब्सिडिटी समेत हुने भएकाले यस्तो कार्य नगर्न भनिएको छ ।
ऐन अनुसार सेवा प्रदान गर्दा प्रतिस्पर्धात्मक वातावरणमा बाधा पुग्ने गरी कुनैपनि कार्य गर्न नपाइने उल्लेख छ ।
साथै कुनै पनि अनुपतिप्राप्त व्यक्तिलाई एक सेवाबाट प्राप्त आय क्रस सब्सिडिटीको रुपमा अर्को सेवामा प्रष्योग गर्न समेत निषेध गरेको छ ।
प्राधिकरणले भनेको छ, ‘विद्यमान कानुनी व्यवस्थाविपरीत गैरकानुनी रुपमा बण्डलिङ गरी सेवा सञ्चालन गरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारबाही गरिने सम्बन्धित सबैमा अवगत गराइन्छ ।’
वि.सं.२०७९ असोज १४ ०७:१०


















