back
stc
prabhu insurance

सताब्दी पुरूष सत्यमोहन जोशीको निधन

काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको आज बिहान निधन भएको छ । आज बिहान ७ बजे जोशीको किष्ट अस्पतालमा उपचारकै क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

तीन हप्ता बढी अस्पतालमा भर्ना भएका १०३ वर्षीय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो ।

लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट पीडित जोशीमा कमजोरी देखिएपछि असोज ७ गते इमर्जेन्सीमा भर्ना गरी उपचार सुरू गरिएको थियो । पछिल्लो समय उहाँलाई छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण देखिएको थियो ।