back
stc
prabhu insurance

भारतबाट बढेर आयो पेट्रोल–डिजेलको भाउ, कति पुग्यो ?

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको छ। आइतबार आइओसीबाट मूल्य बढेर आएको निगमले विज्ञप्ति मार्फत जानकारी दिएको हो। निगमका अनुसार खासगरी डिजेल र हवाइ इन्धनको मूल्य अत्यधिक बढेर आएको छ।

नयाँ मूल्यसूची अनुसार पेट्रोलमा १.७४ रुपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रुपैयाँ प्रतिलिटर बढेर आएको छ।

योसँगै निगमलाई डिजेलमा ६.३४ रुपैयाँ प्रतिलिटर हुने बताएको छ। त्यस्तै खाना पकाउने ग्यासमा ३२५.४४ रुपैयाँ प्रतिसिलिन्डर घाटा छ। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने केही नाफा नै छ। ‘यो सबै गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब ३९ करोड रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

निगमले हाललाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साबिकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको छ। आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैँ कच्चा तेल किन्दैन।

आइओसीबाटै आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ। यसरी पेट्रोलियम किने बापत आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउने हो।

आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत अन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसन समेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।

यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।

त्यस्तै निगमको करिब ३३ अर्ब ६० करोड रुपैयाँ ऋण छ। निगमले नेपाल सरकार, राष्ट्रिय वाणिज्य बैङ्क र इन्डियन आयल कर्पोरेसन ९आइओसी० लाई ३३ अर्ब ६० करोड रुपैयाँ तिर्न बाँकी रहेको जनाएको हो।