एनआईसी एशिया बैंकको एटिएमको सिसा तोडफोड गरेको अभियोगमा दुईजना पक्राउ
पर्सा । वीरगंज महानगरपालिका–८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई आइतवार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–५ मानेपुर भेलाहा बस्ने २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखिया रहेका छन् ।
उक्त एटिएमको ढोकाको सिसा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
वि.सं.२०७९ कात्तिक २१ १५:३०




















