रकम हिनामिनामा संलग्नको उम्मेदवारी खारेजी गर्न माग
नेपालगन्जको । नेपालगन्जको सहकारी वित्तीय विकास संस्थामा बचतकर्ताले जम्मा गरेको ४३ करोड रुपैयाँ अपचलन भएको तीन वर्ष भन्दा बढी भइसकेको छ ।
आफूहरूले जम्मा गरेको रकम हिनामिना हुँदा निम्न वर्गिय बचतकर्ता पीडामा छन् । छोरीको बिहेका लागि भन्दै बचत गरेको ११ लाख रुपैयाँ सहकारीले हिनामिना गरेपछि नेपालगन्जकी बचतकर्ता मालती कहार आर्थिक र मानसिक पीडामा भएको बताउँछिन् ।
‘आफूले खाई नखाई गरी छोरीको विवाहका लागि सहकारीमा रकम जम्मा गरेकी थिएँ’ उनले भनिन्, ‘ सहकारीका कर्मचारी र सञ्चालकको मिलेकतोमा हामी गरिवको रकम हिनामिना गरियो ।’
उनले जीवनभरी कमाई गरेको रकम डुबेको भन्दै रकम दिलाइदिन माग गरिन् । उनीजस्तै नेपालगन्ज(१ धम्बोजीकी माया पासीले गरिवको सहाराका लागि खोलिएको भन्दै प्रचार गरेको सहकारीले आफूहरूजस्ता निम्म वर्गिय परिवारलाई उठीबास लगाएको बताइन् । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
वि.सं.२०७९ कात्तिक २७ ०७:१९




















