back
stc
prabhu insurance

निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर प्रधानमन्त्री देउवा आज डडेल्धुरा जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा निर्धारित सबै कार्यक्रमहरु रद्द गरेर आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुनुहुने भएको छ ।

उहाँ आज मंगलबार बिहान काठमाडौंबाट डडेल्धुरा जाने र प्रचार अवधिभर उतै बस्ने कार्यक्रम तय भएको हो।

आफ्नो निर्वाचन क्षेत्रमा प्रतिष्पर्धीहरुबाट चुनौती थपिएको विश्लेषण भएपछि उहाँ आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुन अन्यत्रका सबै कार्यक्रमहरु रद्द गरिएका हुन् । प्रधानमन्त्री देउवा आगामी मंसिर १ गते साँझ मात्र काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

उहाँको निर्वाचन क्षेत्रबाट पूर्व सहयोगी कर्ण मल्ल नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ भने स्वतन्त्र युवा उम्मेदवार सागर ढकाल पनि प्रतिष्पर्धामा हुनुहुन्छ ।

पछिल्लो समय ढकालको पक्षमा निर्वाचनको माहोल तातिदै गएपछि प्रधानमन्त्री देउवाको टिमले खतरा महसुश गरेको छ ।