back
stc
prabhu insurance

मंसिर दोस्रो सातादेखि रासायनिक मल आउने

काठमाडौं । मंसिर दोस्रो सातादेखि भारतसँग भएको सम्झौता अनुसार ३० हजार मेट्रिक टन रासायनिक मल आउने भएको छ।

सरकारदेखि सरकार (जीटुजी) सम्झौता अनुसार ल्याउन लागिएको उक्त मल खरिद गर्न तीन अर्ब २६ करोड रुपियाँ पठाइ सकेकाले दोस्रो साता आइपुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

भारतले जीटुजीमार्फत नेपाललाई वार्षिक कम्तीमा एक लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने गरी गत वर्ष फागुन दोस्रो साता समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

सोही सम्झौता अनुसार पहिलो चरणमा ३० हजार मेट्रिक टन रासायनिक मल आउन लागेको हो । ​जीटुजी मार्फत दोस्रो वर्षमा एक लाख ७० हजार मेट्रिक टन, तेस्रो वर्षमा एक लाख ९५ हजार मेट्रिक टन, चौथो तथा पाँचौँ वर्षमा दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल उपलब्ध गराउने सम्झौता भएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।