back
prabhu insurance
himalayanlife

श्रोत नखुलेको नगद सहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फबाट श्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित भारत घर भएका अकबाल अलीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्धारा विराटनगर जान लागेको अवस्थामा विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ४ सय ८४ थान र ५ सय दरको १ हजार ८ सय १० थान समेत गरी जम्मा १३ लाख ८९ हजार रुपैयाँ नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।