अब चार वटा क्षेत्रको नतिजा आउन बाँकी
काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब ४ वटा क्षेत्रको अन्तिम परिणाम आउन बाँकी रहेको छ ।
अब सुनसरी–४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा–२ र दोलखामा मतगणना सुरु हुन सकेको छैन ।
अहिलेसम्म घोषित परिणाममा नेपाली कांग्रेस ५४ स्थानमा विजयी हुँदा नेकपा ९एमाले० ४४ सिटका साथ दोस्रो स्थानमा रहेको छ ।
यस्तै, नेकपा ९माओवादी केन्द्र० १७, नेकपा ९एकीकृत समाजवादी० १०, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी ७र७ सिटमा विजयी भएका छन् ।
त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, नेमकिपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाले एकरएक स्थानमा जित हासिल गरेका छन् । यस्तै ५ ठाउँमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।
वि.सं.२०७९ मंसिर १४ ०७:४७




















