डिजेलको मूल्य घटेर आयो
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको छ । आइतबार प्राप्त नयाँ मूल्य अनुसार डिजेलको मूल्य घटेको र पेट्रोलको मूल्य भने बढेको निगमले जनाएको छ ।
नयाँ लागत मूल्य सूचीअनुसार डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ७० पैसा घटेर आएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ५१ पैसा बढेर आएको निगमको आपूर्ति तथा वितरण विभाग प्रमुख वीरेन्द्र गोइतले बताए ।
भारतबाट नयाँ मूल्य प्राप्त भए पनि निगमले भने आन्तरिक बजारको उपभोक्ता मूल्य घटाउनेबारे निर्णय भने गरिसकेको छैन ।
वि.सं.२०७९ माघ २ १६:३८




















