back
stc
prabhu insurance
nabil

गृह मन्त्रालय मातहतमा कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौं । गृह मन्त्रालय मातहतमा कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । जसअनुसार अध्यागमन विभागको महानिर्देशकमा झलकराम अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

गृहमन्त्रालयका अनुसार सहसचिव आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने रुद्रादेवी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका सहसचिव नारायण रिसाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ भने सो जिम्मेवारीमा रहेका बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

मन्त्रालयमा कार्यरत सहसचिव फणिन्द्रमणि पोखरेललाई मन्त्रालय अन्तर्गत रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाइ पठाइएको छ ।