आज विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । आज नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ ८६ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ०६ पैसा र बिक्री दर १४० रुपैयाँ ७० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ १६ पैसा र बिक्री दर १५९ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
वि.सं.२०७९ चैत २ ०६:२५




















