back
prabhu insurance
himalayanlife

विदेशमा रहेका नेपालीलाई आजबाट स्वास्थ्य परामर्श सेवा

काठमाडौं । वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिने भएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकहरूबाट जानकारी पाउने भएका छन् । टेलिमेडिसिन सेवा चैत १५ गते बिहान १० बजेदेखि सुरु हुने बताइएको छ ।

नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएर कुनैपनि स्वास्थ्य समस्याको बारेमा प्रवद्र्धनात्मक सेवा दिने उदेश्यले यो सेवा सुरु गर्न लागिएको वैदेशिक रोजगार बोर्ड सचिवालयका उपसचिव तथा सूचना अधिकृत राजन पौडेलले बताए ।

बोर्डले यस वर्ष अनलाइनमार्फत सेवा दिने बताएको छ । यो सेवा प्रभावकारी भयो भने अर्को वर्षदेखि गन्तव्य मुलुकमा नै गएर सेवा दिने योजना रहेको पौडेलले बताए ।