back
stc
prabhu insurance

आज चैत १९ गतेदेखि मकर जितुमाया सुरी हाइड्रोपावरको आइपीओ बिक्री खुला

काठमाडौं । आज चैत १९ गतेदेखि सर्वसाधारणका लागि मकर जितुमाया सुरी हाइड्रोपावरले आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले २२ लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ । यसमध्ये ५ प्रतिशत (८० हजार कित्ता सामूहिक लगानी कोष) र २ प्रतिशत अर्थात् ३२ लाख २८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी १३ लाख ३७ हजार ३०२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आइपीओमा चैत २२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २०८० वैशाख ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ ।

यसअघि यो हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरिसकेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले मकर जितुमाया सुरीको आइपीओलाई औसत जोखिम आधार जनाउने ‘केयर एनपी डबल बी’ रेटिङ दिएको छ ।