back
stc
prabhu insurance

वैशाखदेखि चीनतर्फका सबै नाका खुुला हुने

काठमाडौँ । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका आगामी वैशाख महिनादेखि सबै खुुला हुुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सचिव मधुुकुुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच हालै चीनमा भएको भेटका क्रममा ९मे १० वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुुला हुने सहमति भएको हो ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले मे १ देखि चीनतर्फ व्यापारिक र सिजनल सबै नाका खुुला हुुने जानकारी दिनुुभयो । भूकम्पपछि बन्द भएको सिन्धुुपाल्चोकको कोदारी नाका र हुुम्लाको यारी नाका लगायतका अन्य सबै नाका खुुलाउने सहमति भएको प्रवक्ता रेग्मीले जानकारी दिनुुभयो ।

चीनतर्फका नाकाहरूमा मुुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुुङको ओलाङ्चुुङ्गोला रहेका छन् । मुुगुुको न्याङ्चे, दार्चुुलाको व्यास, गोेरखाको चुुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुुला हुने मन्त्रालयले जनाएको छ ।

चीनतर्फका व्यापारिक नाका रसुुवाको केरुङ, कोदारी र यारी रहेका हुुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ । हुुम्लाको यारी नाकाबाट समेत सामानको आयात हुने गर्छ । रसुुवाको केरुङ नाका शनिबार खुुला भएको छ ।

रसुुवाको केरुङ नाका गत जनवरी पहिलो सातादेखि अर्थात् पुस १२ गते एकतर्फी रूपमा मात्र खुुला भएको थियो । शनिबारबाट दुवैतर्फी व्यापार र मानिस  आवत–जावत गर्ने गरी नाका खुुला भएको हो । २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण तातोपानी नाका लामो समयदेखि बन्द रहेको थियो । सो नाकाबाट बीचमा कार्गो सामान आयात भए पनि नाका पूर्ण रूपमा सञ्चालन हुुन सकेको छैन ।

सरकारले २०७६ चैत ११ गते कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि लकडाउन गरेपछि बन्द रहेको चीनतर्फको रसुवागढी–केरुङ नाका बन्द रहेको थियो । यसअघि २०७८ असोजदेखि चीनबाट एकतर्फी मालसामान ल्याउने गरी रसुवागढी नाका खुला भएको थियो ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले केरुङ नाका शनिबारदेखि दुुईतर्फी नै खुुला भई सामान आउन थालेको जानकारी दिनुुभयो । गत पुुस १२ गते रसुुवा  नाका खुुला भई  स्वदेशी सामान आयात निर्यात भए पनि मानिसको आवतजावत बन्द थियो ।

गत पुसदेखि सो नाकाबाट हालसम्म नेपालबाट १५ करोड रुपियाँ बराबरका १७० ट्रक सामान चीनमा निर्यात भएको उहाँले जानकारी दिनुुभयो । चीनबाट नेपालमा रसुवा नाकाबाट १८ अर्ब रुपियाँ बराबरको सामान आयात भएको उहाँले जानकारी दिनुुभयो ।

चिनियाँ पक्षको मागअनुसार सामान पर्याप्त उत्पादन नहुुँदा न्यूून परिमाणमा मात्र सामान निर्यात भएको भण्डारीले जानकारी दिनुुभयो । मागको आधारमा व्यवसायीले पछिल्लो समय हस्तकलाका सामान, नेपाली कागज, मूर्तिलगायतका सामान बढी मात्रामा निर्यात हुँदै आएको छ ।

नेपालबाट चीनतर्फ निर्यातयोग्य वस्तुका रूपमा अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ ।

यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका  उत्पादन, फल, हस्तकला, मसुरो, जुटका  झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन् । चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, हातेझोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन् ।

डेढ खर्बको आयात, ५१ करोडको निर्यात

भन्सार विभागको तथ्याङ्कअनुसार चालुु आर्थिक वर्षको आठ महिना ९साउन–फागुुन०सम्म एक खर्ब ४५ अर्ब ७८ करोड ५७ लाख ५१ हजार रुपियाँ बराबरको सामान आयात भएकोमा ५१ करोड ९३ लाख ६६ हजार रुपियाँको निर्यात छ ।

चीनबाट नेपालमा ठुूलो परिमाणमा आयात भए पनि सो अनुुपातमा निर्यात नहुुँदा आठ महिना एक खर्ब ४५ अर्ब २६ करोड ६३ लाख ८५ हजार रुपियाँको व्यापार घाटा रहेको छ ।

विभागको तथ्याङ्कअनुसार आव २०७८–७९ मा चीनबाट दुई खर्ब ६४ अर्ब ७८ करोड ३७ लाख १३ हजार रुपियाँको सामान आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार रुपियाँ बराबरको सामान निर्यात भएको थियो ।

चीनले नेपालका आठ हजार वस्तुको निर्यातमा भन्सार छुटको व्यवस्था गरेको छ । स्वदेशी वस्तुको निर्यातमा छुुटको व्यवस्था भए पनि निर्यात भने न्यूून मात्र हुनेगर्छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।