back
stc
prabhu insurance

आज शुक्रबारका लागिविदेशी मुद्राको विनिमय दर

काठमाडौँ । आज शुक्रबारका लागि नेपाल राष्ट्र बैँकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज भारतीय रुपैयाँ १ सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ५२ पैसा र बिक्री दर १४३ रुपैयाँ १८ पैसा रहेको छ।

यस्तैगरी बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ८७ पैसा र बिक्री दर १६३ रुपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्री दर ३५ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।