back
stc
prabhu insurance

साल्ट ट्रेडिङ कर्पोरेसनको चैत १० गते साधारण सभा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले चैत १० गते साधारण सभा डाकेको छ । साधारण सभा, त्रिभुवन आर्मी अफिसर्स् क्लब भद्रकाली काठमाडौंमा दिउँसो १२ः१५ बजेदेखि सुरु हुनेछ । साधारण सभामा  कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब लगायतमा पनि छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक पदमा निर्वाचन गर्ने प्रस्ताव हुनेछ ।

सभा प्रयोजनका लागि यस कम्पनीले फागुन २६ गते बुक क्लोज गरिसेको छ । फागुन २५ गतेसम्म सेयर खरिद गरी कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।