back
stc
prabhu insurance

साल्ट ट्रेडिङ कर्पोरेशनसँग ६ महिनालाई पुग्ने नुन मौज्दात

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले लिमिटेडले नोक्सान सहेर नुनको कारोबार गरिरहेको बताएकी छिन् । नुनको कारोबारमा कर्पोरेशन धेरै नोक्सानमा रहेको छ । दुर्गममा त झनै बढी नोक्सान रहेको छ । नुन व्यापारको नोक्सान कम्पनीले अन्य व्यवसायबाट परिपूर्ति गर्दै आएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ बताउनु भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन नेपालमा नुनको कारोवार गर्ने सबैभन्दा पहिले खुलेको पब्लिक कम्पनी हो । यसले देशभर आयोडिनयुक्त नुनको सरल,सहज रूपमा आपूर्ति,भण्डारण र बिक्रीवितरण गर्दै आएको छ । अहिले ६ महिनालाई पुग्ने नुन मौज्दात रहेको पनि प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनु भयो ।

साल्ट ट्रेडिङ कर्पोरेसनले अनुदान र गैर–अनुदानको मल पनि आयात गर्दै आएको छ । नेपालमा वार्षिक ५ लाख मेट्रिक टन मल आवश्यक पर्दछ । तर अहिले ६०/७० हजार मेट्रिक टन मात्रै रासायनिक मल मौग्दात छ ।

तर पनि प्रमुख कार्यकारी निर्देशक श्रेष्ठले सबै किसानले मल पाउने भन्दै ढुक्क हुन आग्रह गर्नु भएको छ । उहाँका अनुसार सरकारले विभिन्न जिल्लामा मलको कोटा छुट्टयाएको छ । त्यही अनुसार कर्पोरेशनले मल पुर्याउने गरेको छ ।