back
stc
prabhu insurance

काठमाडौं उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा र कास्कीमा गएराति ठूलो वर्षा

काठमाडौं । काठमाण्डौ उपत्यकासहित सिन्धुपाल्चोक, गोरखा र कास्कीमा गएराति ठूलो पानी परेको छ । पानी परेका यी क्षेत्रसहित रसुवा, नुवाकोट र पर्वत भएर बग्ने स–साना नदीमा आकस्मिक बाढीको जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाले जोखिम क्षेत्र, कमजोर तथा भिरालो जमिनमा बाढी र पहिरोको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा तथा गण्डकी, लुम्बिनी, बाग्मती र कोशी प्रदेशका पहाडी केही ठाउँमा तथा मधेस प्रदेशका एकरदुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशका एकरदुई ठाउँमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।