लगातार सुन चाँदीको भाउमा गिरावट
काठमाडौं । आज बुधबार पनि सुनको भाउ घटेको छ। आज सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ ।
आज छापावाला सुन तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाला सुनको भाउ तोलामा १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
वि.सं.२०८० साउन २४ १०:५९




















