back
stc
prabhu insurance

जाजरकोट भूकम्प– बाँकेका अस्पतालहरुमा घाइतेहरुको उपचारका लागि १०५ वटा वेड तयार

जाजरकोट भूकम्प– बाँकेका अस्पतालहरुमा घाइतेहरुको उपचारका लागि १०५ वटा वेड तयार
बाँके । जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि बाँकेमा अस्पतालहरु खाली गर्ने र नयाँ उपचार केन्द्र संचालनमा ल्याइएको छ।

बाँकेको भेरी अस्पतालमा भूकम्पबाट घाइते भएकाहरुको लागि उपचार गर्न छुट्टै उपचार कक्षको व्यवस्था गरिएको छ ।

भेरी अस्पतालमा ८० वटा बेड उपचारका लागि खाली गराइएको छ भने सैनिक अस्पतालमा २० र प्रहरी अस्पतालमा ५ वटा बेड तयारी अवस्थामा राखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभएको छ।

गएराति जाजरकोट केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म ८० जनाको म‌ृत्यु भएको छ । मृत्युहुने सबैजसो जाजरकोट र रुकुम पश्चिमका छन ।

भूमक्पमा परी सयौँको संख्यामा मानिसहरु घाइते भएका छन । क्षतिको विवरण आउने क्रम बाँकी छ ।