१५ असोजदेखि कम्पनी दर्ता अनलाइनबाटै हुने
काठमाडौँ । कम्पनी दर्ता सम्बन्धी सबै काम १५ असोजदेखि अनलाइनबाटै हुने भएको छ । कम्पनी दर्ता, नवीकरण जस्ता सेवा अनलाइनबाटै दिने घोषणा सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको थियो ।
बजेट लगत्तै सुरु भएको सफ्टवेयर निर्माणले एक खालको आकार पाएपछि १५ असोजदेखि कम्पनी दर्ताको काम अनलाइनबाट थालनी गर्न लागिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
कम्पनी दर्ता र नवीकरणसमेत अनलाइनबाट गर्ने आवश्यक तयारीका लागि कम्पनीसँग सरोकार राख्ने सबैका लागि सूचना जारी गरिएको पनि जनाइएको छ ।
कम्पनीका कामहरू सबै अनलाइन मार्फत गराउन आवश्यक कागजात र डिजिटल हस्ताक्षर बुझाउन पनि कार्यालयले आग्रह गरेको छ ।
कम्पनीका कतिपय कामहरू भौतिक रूपमै हुने भए पनि तिनले पनि डिजिटल कामका लागि आवश्यक प्रक्रिया थाल्नु पर्ने कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।
यस्तै कम्पनी दर्ता र प्रशासनको काम गर्ने संस्थालाई अनलाइनबाटै कम्पनी दर्ता सम्बन्धी कामका लागि आवश्यक तयारी गर्न कार्यालयले भनेको छ ।
वि.सं.२०८० भदौ २६ ०७:२५




















