back
stc
prabhu insurance

आज ललितपुरका यी स्थानमा ३ घण्टा विद्युत् अवरुद्ध हुने

ललितपुर। ललितपुरको पुल्चोक वितरण केन्द्र अन्तर्गतका विभिन्न स्थानमा आज ३ घण्टा बिजुली अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै पुल्चोक वितरण केन्द्रको बागमती फिडर र टेकुपुल्चोक फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुने जनाएको हो।

प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्र अन्तर्गत पर्ने सानेपा राम मन्दिर, गुसिंगाल, एडभांस कलेज, लीला घर, अमरावती, सानेपा ,मोड, रेडियंट स्कुल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

अन्डरग्राउन्ड प्रोजेक्टका काम गर्न फिडर सटडाउनमा राख्नुपर्ने भएकाले विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै टेकु पुल्चोक फिडर अन्तर्गत पर्ने बल्खु हेल्थ पोस्ट, सानेपा चोक,झम्सिखेल, पुल्चोक, प्रधान सेनापति क्वाटर, ठाडोढुंगा, हरिहर भवन एरियामा पनि भूमिगत लाइन सम्बन्धित काम गर्नका लागि फिडर सटडाउनमा राख्नुपर्ने भएकाले ती स्थानहरूमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समय अगाडि नै काम सकिए सो समयभन्दा अगाडि नै लाइन सुरु हुनसक्ने समेत प्राधिकरणले जानकारी दिएको छ।