back
prabhu insurance
himalayanlife

तिजका अवसरमा हार्दिक आईभीएफले ल्यायो विशेष अफर

काठमाडौँ । राजधानीको सिनामंगलस्थित हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले जितको अवसर पारेर एक अफर सार्वजनिक गरेको छ । सेन्टरले विशेष छुटका साथ भाद्र महिनाभर सेवा उपलब्ध गराउने एक विज्ञप्ति मार्फत जनाएको छ ।

जसअनुसार डाक्टर कन्सल्टेसन तथा टि.भि.एस (भिडियो एक्सरे) सेवा निःशुल्क हुने छ भने आई. यु.आई सेवामा ५० प्रतिशत छुट, आईभीएफ सेवामा १० प्रतिशत छुट र औषधी तथा ल्याब टेस्ट सेवामा १० प्रतिशत छुट दिइने सेन्टरले जनाएको छ ।

सेन्टरमा सुलभ दरमा अन्तर्राष्ट्रियस्तरको उपचार सुविधा उपलब्ध रहनुका साथै निःसन्तान वा प्रजनन समस्या भएका दम्पतिहरुलाई परामर्श सेवा सहित निःसन्तान हुनुको सही कारण पत्ता लगाई आई यु आई, आई भि एफ लगायतका अन्य उपचार सेवा सुपथ मूल्यमा उपलब्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रूण बनाउने ल्याब तथा मेशिन रहेको केन्द्रले पुरुषको वीर्य जाँच देखि लिएर, भविष्यका लागी भ्रूण सुरक्षित राख्ने, वीर्य फ्रिजिङ गरि सुरक्षित राख्ने, विवाहित वा अविवाहित महिलाले आफ्नो अण्डा सुरक्षित राखी भविष्यमा प्रयोग गर्न सक्ने सुरक्षित अण्डा, भ्रूण र वीर्य भण्डारण केन्द्र समेत स्थापना गरेको छ ।