back
prabhu insurance
himalayanlife

मंगलबारदेखि शुक्रबारसम्म चार दिने नेपालमा वर्षाको उच्च सम्भावना

काठमाडौं । मंगलबारदेखि शुक्रबारसम्म चार दिने नेपालमा वर्षाको उच्च सम्भावना रहेको छ। बंगालआसपास बनेको न्यूनचापीय प्रणाली उत्तर पश्चिमतिर सरेर स्थानीय वायुको पनि असर र मनसुनी प्रभावका कारण वर्षा हुन लागेको हो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मंगलबार दिउँसोदेखि बादल लागेर वर्षा हुन्छ, शुक्रबारसम्म वर्षाको सम्भावना छ ।

मंगलबार कोशी, गण्डकी र लुम्बिनीका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने आकलन महाशाखाले गरेको छ ।

मंगलबार राति कोशी, बागमती, गण्डकी, सुदूरपश्चिमका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको आकलन महाशाखाले गरेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षाको चेतावनी दिइएको छ। त्यस्तै, सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।

बुधबार सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा भारी वर्षा हुने देखिएको छ।