back
stc
prabhu insurance

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

काठमाडौँ। नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् ।परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुसार पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको परिसंघले जनाएको छ ।

परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही व्यवस्था अनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बनेका हुन् ।

पाण्डे २०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गर्दै आइरहेका छन् । उनी २०७५ सालदेखि परिसंघको उपाध्यक्षमा कार्यरत थिए ।

तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा संलग्न पाण्डेसँग सिभिल इन्जिनियरिङ, आवास र सहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दक्खल राख्दछन् ।

पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् ।