back
prabhu insurance
himalayanlife

आज  यी स्थानमा पाँच घण्टा बिजुली जाने

काठमाडौं । काठमाडौंका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार आज इमाडोल–१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। ती क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणका अनुसार माघ १५ गते गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्र र माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ।

यस्तै माघ १७ गते शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते केएससी र पुरानो एयरपोर्ट फिडर ९(बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।