back
stc
prabhu insurance

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१ औँ वार्षिक साधारणसभा फागुन २७ गते

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्नो ३१ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।इन्स्योरेन्स कम्पनी सञ्चालक समितिले यही फागुन २७ गते वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित चुक्तापुँजी २ अर्ब ५० करोड १ लाख ५७ हजार ४०० रुपैयाँको कुल ८.७ प्रतिशतले हुने आउने २१ करोड ८७ लाख ६३ हजार ७७३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) अनुमोदन गर्नेछ।

साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  यसको अर्थ फागुन १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। साधारण सभा काठमाडौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा हुनेछ।