back
stc
prabhu insurance

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं । कुमारी बैंक लिमिटेडले ९७ हजार ६५६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

साथै तोकिएको समयसीमा भित्र बैंकका विद्यमान संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन नपरेमा संस्थापकभन्दा बाहिर शेयर बिक्री गरिने समेत उल्लेख गरेको छ।