back
stc
prabhu insurance

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । २०८१ फाल्गुण १२ गतेको मितिबाट उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी कृष्ण बहादुर जि.सी.लाई आज मिति २०८१ फाल्गुण १९ गते प्रधान सेनापति महारथी अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ । पदोन्नतिसँगै उपरथी जि.सी. श्री मध्य पूर्वी पृतनाको पृतनापतिमा नियुक्त हुनु भएको छ ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनु भएका प्राविधिक प्रमुख सेनानी डा. कुन्द विक्रम शाहलाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भयो।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द एवं अधिकृतका परिवारजनको उपस्थिति थियो ।