back
prabhu insurance
himalayanlife

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता शेयर आज फागुन २० गतेबाट बिक्रीमा राखिएको छ।

कम्पनीको संस्थापक समूहको शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २११ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम ८० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

बोलपत्र फागुन २८ गते बिहान ११ बजेभित्र पेस गरिसक्नुपर्नेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्नुपर्नेछ।