back
stc
prabhu insurance

कामना सेवा विकास बैंकको वर्ष २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले वर्ष २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ।नेपालभित्र रहेका विभिन्न धर्मावलम्बीका धार्मिकस्थल तथा मन्दिरलाई समावेश गर्दै वर्ष २०८२ को क्यालेन्डर तयार गरिएको बैंकले जनाएको छ।

नेपाल पञ्चाङ निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नका लागि क्यूआर कोडसमेत बैंकले सार्वजनिक गरेको छ।

उक्त क्यूआर कोड बैंकको सामाजिक सञ्जालहरु तथा वेभसाइट मार्फत सार्वजनिक गरिएको बैंकले जनाएको छ । क्यालेन्डरमा नेपाल पञ्चाङ निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिसमेत समावेश गरिएको छ।