back
stc
prabhu insurance

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा.रघुराज काफ्ले नियुक्त

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्ले नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले व्यास–५ तनहुँका काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि मन्त्रिपरिषद्ममा कार्यकारी निर्देशकमा नियुक्त गर्नका लागि नाम सिफारिस समितिले छनौट गरेको तीन जनाको नाम स्वास्थ्य मन्त्रालयले पठाएको थियो । जसमा काफ्लेसहित डा. कृष्ण अधिकारी र कमल पन्थीको नाम सिफारिस भएको थियो ।

गत कात्तिक २५ गतेबाट बीमा बोर्डका कार्यकारी निर्देशक रहेका डा दामोदर बसौलाको चार वर्षे कार्यकाल सकिएको थियो।

डा. सरोज शर्मालाई अर्को व्यवस्था नभएसम्मका लागि बीमा बोर्डको निर्देशकको जिम्मेवारी दिएको थियो। काफ्लेले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन्।