back
stc
prabhu insurance

एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ८६ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
बैंकले हाल यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखेको हो।

उक्त शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। शेयर खरिदकर्ता र बिक्रेताको आपसी समझदारीमा खरिदबिक्री गरिने छ।

साथै तोकिएको समयसीमा भित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणलाई बिक्री गरिने बैंकले जानकारी दिएको छ।