back
prabhu insurance
himalayanlife

अधिकांश वाणिज्य बैंकहरुले चैत महिनाका लागि ब्याजदर स्थिर राखे

काठमाडौं । चैतका लागि वाणिज्य बैंकहरुमध्ये अधिकांशले ब्याजदर स्थिर राखेका छन् भने केहीले बढाएका छन् र केहीले घटाएका छन्।

अधिकांश वाणिज्य बैंकहरुमध्ये अधिकांशले ब्याजदर स्थिति राखेका छन्। केहीले घटाएका छन् भने केहीले बढाएका छन्। व्यक्तिगत मुद्दति निक्षेपमा फागुनकै अधिकतम ब्यादरलाई चैतमा निरन्तरता दिनेमा वाणिज्य बैंकमा एनआईसी एसिया बैंक, एभरेष्ट बैंक, प्रभु बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र एनएमबी बैंक रहेका छन्।

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा ग्लोबल आइएमई बैंक, कुमारी बैंक र सिटिजन्स बैंक रहेका छन्।

चैतमा ग्लोबल आइएमईले बढाएर ६ प्रतिशत, कुमारी ६.०१ प्रतिशत र सिटिजन्सले ५.८५ प्रतिशत कायम गरेका छन्। फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबलले ५.७५ प्रतिशत, कुमारीले ५.३१ प्रतिशत, सिटिजन्सले ५.५ प्रतिशत दिएका थिए।

यसैगरी व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाउनेमा हिमालयन बैंक र नेपाल बैंक रहेका छन्। फागुनमा हिमालयन बैंकले ६.२५ प्रतिशत दिएकोमा चैतमा घटाएर ५.५ प्रतिशत कायम गरेको छ भने नेपाल बैंकले ५.६० प्रतिशतबाट घटाएर ५.५० प्रतिशत कायम गरेको छ।

उता राष्ट्रियस्तरका विकास बैंकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर स्थिर राखेका छन्। बैंकहरुले चैतमा लागू हुने ब्याजदर आज फागुन २९ गते प्रकाशित गरेका छन्।

प्रकाशित सूचना अनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले फागुनकै मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई चैतका लागि निरन्तरता दिएका हुन्।

राष्ट्रियस्तरका विकास बैंक मुक्तिनाथ, गरिमा, कामना सेवा, ज्योति, शाइन रेसुंगा, ज्योति, लुम्बिनी र सांग्रिलाले फागुनमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.५ प्रतिशत ब्याज दिएका थिए। चैतमा पनि सोही ब्याजदरलाई उनीहरुले निरन्तरता दिएका छन्।