back
prabhu insurance
himalayanlife

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले १००% हकप्रद शेयर ल्याउने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको चैत १८ बसेको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको हो।

हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न कम्पनीले आउँदो वैशाख ५ गते विशेष साधारणसभा डाकेको छ। विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ चैत २८ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन्।