महालक्ष्मी विकास बैंकको खुद नाफासँगै इपीएस पनि बढ्यो
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महालक्ष्मी विकास बैंकको खुद नाफा बढेको छ । यसअवधिमा खुद नाफा १६.८७ प्रतिशतले बढेर ४३ करोड ६५ लाख रुपैयाँ पुगेको हो । गत वर्षको यसैअवधिमा बैंकले ३७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता, बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः ३.७८ प्रतिशत र १८.०६ प्रतिशतले बढेको छ । गत वर्ष १ अर्ब ४८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको यो वर्ष बढेर १ अर्ब ५३ करोड पुर्याएको छ । यस्तै, सञ्चालन नाफा पनि ५३ करोड २१ लाख रुपैयाँबाट बढाएर ६२ करोड ८१ लाख रुपैयाँमा पुर्याएको छ ।
चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६१ पैसाले बढेर १३ रुपैयाँ ५५ पैसा (वार्षिक) कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८६ पैसा छ । यसको खराब कर्जा ४.१६ प्रतिशतबाट बढेर ४.९९ प्रतिशत भएको छ ।
वि.सं.२०८२ वैशाख ८ १०:४३

















