back
prabhu insurance
himalayanlife

विद्युतीय कार्ड लिँदा आवश्यक जानकारी लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले  विद्युतीय कार्ड लिँदा आवश्यक सबै जानकारी लिन आग्रह गरेको छ । राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।

राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ को विद्युतीय भुक्तानी कार्ड सञ्चालन सम्बन्धी व्यवस्थामा बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता विद्युतीय कार्ड जारी गर्दा, आवेदन फारमसँगै कार्ड प्रयोगसम्बन्धी सम्पूर्ण आवश्यक जानकारी उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

सोही अनुसार विद्युतीय कार्ड सम्बन्धी सेवा लिनुपूर्व उपर्युक्त कार्ड लिँदा लाग्ने शुल्क, कारोबारको सीमा तथा कार्डबाट प्राप्त हुने अतिरिक्त सुविधाजस्ता विषयवस्तुबारे आवश्यक जानकारी लिन राष्ट्र बैंकले आग्रह गरेको हो ।

साथै, क्रेडिट कार्डमा लाग्ने ब्याजदर लगायतका विषयमा पनि आवश्यक जानकारी लिन सूचनामार्फत आग्रह गरिएको छ ।