back
stc
prabhu insurance

सुन खरिदका लागि सिफारिस दिँदा शुल्क लिन नपाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबाट सुन खरिदका लागि सिफारिस दिँदा व्यवसायीबाट शुल्क असुल्न नपाउने स्पष्ट पारेको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै सुन व्यवसायी सम्बन्धी संघ र महासंघले वाणिज्य बैंकबाट व्यवसायीहरुलाई सिफारिस दिँदा कुनै पनि प्रकारको सिफारिस दस्तुर वा शुल्क नपाइने व्यवस्था रहेको स्पष्ट पारेको हो।

सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८ मा विद्यमान व्यवस्था अनुसार सुन खरिद सिफारिसमा शुल्क लिन नपाइने व्यवस्था रहेको छ। उक्त व्यवस्था संघ, महासंघ र सिफारिस लिने व्यवसायीले पालना गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।