back
prabhu insurance
himalayanlife

प्रभु महालक्ष्मी लाइफको ७ लाख ३८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको छ।

यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।