back
prabhu insurance
himalayanlife

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२४ प्रतिशत नगद लाभांश गरि कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा प्राधिकरणले स्वीकृति भई कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात लगानीकर्तामा वितरण हुनेछ।