back
prabhu insurance
himalayanlife

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा रु १.१५ अर्ब लगानी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १ अर्ब १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

केन्द्रीय बैंकले कुल रकममध्ये ९२ करोड रुपैयाँ वाणिज्य बैंकमा, १७ करोड २५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी ५ करोड ७५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले चैत ५ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

यो मुद्दति निक्षेप २०८१ चैत १० गतेदेखि २०८२ चैत ९ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।