back
prabhu insurance
himalayanlife

लक्ष्मी सनराइज बैंकको पौने ३२ लाख बढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पौने ३२ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३१ लाख ८० हजार ३९४ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।