back
prabhu insurance
himalayanlife

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ लाख १८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ लाख १८ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको ४ लाख १८ हजार ८२६ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन कम्पनीको काठमाडौं कमलादीस्थित केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।