back
prabhu insurance
himalayanlife

नेशनल लाइफ इन्स्योरेन्सको सिइओ पदमा दोहोरिए खत्री

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री दोश्रो कार्यकालका लागि दोहोरिएका छन् । चार वर्षे पहिलो कार्यकाल सन्तोषजनक रहेको निष्कर्ष सहित कम्पनीको सञ्चालक समितिले कार्य सम्पादन समिक्षा गर्दै पुनः चार वर्षका लागि प्रमुख कार्यकारी पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको दोश्रो कार्यकाल जेठ ३ गतेदेखि शुरू भएको छ। यद्दपी जेठ ३ गते सार्वजनिक बिदा परेकाले उनले जेठ ४ गतेदेखि औपचारिकरूपमा दोश्रो कार्यकाल सम्हाल्नेछन् ।

३७ वर्ष लामो इतिहास बोकेको नेशनल लाइफ इन्स्योरेन्समा तत्कालीन प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतको कार्यकाल पुरा भएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीले प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका थिए ।

निरन्तर ३२ वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्समा आबद्ध खत्रीको करियरको शुरूवात सहायक पदबाट भएको थियो। उनले भारतको बैङ्ग्लोरबाट व्यवस्थापनमा स्नातकोत्तर तहको अध्ययन पुरा गरेका छन् ।