back
stc
prabhu insurance

हिमालयन लाइफ इन्स्योरेन्सको सवा ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सवा ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको ३ लाख २७ हजार १०८.१८ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा हाललाई इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

शेयर खरिदका लागि निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको माकामना मार्ग हात्तीसारस्थित इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा रहेको कानुन शाखामा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य खरिदकर्तालाई बिक्री खुला गरिने इन्स्योरेन्स कम्पनीले जनाएको छ।