जेठ १८ गतेदेखि निफ्राले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले यही जेठ १८ गतेदेखि ७ वर्षे अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ निष्कासन गर्ने भएको छ।
बैंकले प्रतिकित्ता अंकित मूल्य १ हजार रूपैयाँका दरले ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
जसमध्ये ३० लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २० लाख कित्तामा १ लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी १९ लाख कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो।
यसमा आवेदन दिंदा घटीमा २५ कित्ता र बढीमा १० लाख कित्तासम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते हुनेछ। यसमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबि एस क्यापिटल लिमिटेडले गर्नेछ।
वि.सं.२०८२ जेठ ८ ०८:०८