back
stc
prabhu insurance

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ४२ प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

यस इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गर्दैछ। भोलि जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेकाले आजसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्स कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १ लाख ४२ हजार ७९ लाख ३१२.४८ कित्ता हकप्रद शेयर १ः०.४२ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।