back
stc
prabhu insurance

नेपाल इन्स्योरेन्सको हकप्रद निष्कासनका लागि जेठ ३० गते १ दिन बुक क्लोज गर्ने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि यही जेठ ३० गते १ दिन बुक क्लोज गर्ने भएको छ।

यसर्थ जेठ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै कम्पनीले निष्कासन गर्न लागेको ४० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

यस कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १०ः४ को अनुपातमा ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले हाल हकप्रद शेयर निष्कासनको मिति भने तय गरिसकेको छैन।