back
stc
prabhu insurance

सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । इन्स्योरेन्स कम्पनीले गत वैशाख ३० गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको हो।

इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापुँजीको २७ प्रतिशत अर्थात हाल कायम १ः०.२७ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ।

इन्स्योरेन्स कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

इन्स्योरेन्स कम्पनीका शेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रीय कार्यालयबाट आवेदन दिन सक्नेछन् भने आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले वैशाख ५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ वैशाख ४ गतेसम्म कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।